निर्माण व्यवसायी संघको अध्यक्षमा कंडेल निर्वाचित

हेटौंडा, मकवानपुरका निर्माण व्यवसायीहरुको साझा संस्था निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेल निर्वाचित भएका छन् । संघको २३ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेशन अन्तर्गत आइतबार भएको मतदानबाट अध्यक्षका अर्का उम्मेदवार श्यामसुन्दर ढकाललाई ४६ मतान्तरले हराउँदै कंडेल निर्वाचित भएका हुन् । कंडेलले २१६ मत प्राप्त गर्दा ढकालले १७० मत प्राप्त गरेका थिए ।

ADVERTISEMENT

ढकाल यसअघिको कार्यसमितिका अध्यक्ष हुन् भने कंडेल प्रथम उपाध्यक्ष हुन् । यस्तै द्वितीय उपाध्यक्षमा बुद्धिराम डिम्डुङलाई हराउँदै भवनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले २०८ मत प्राप्त गर्दा डिम्डुङले १६१ मत प्राप्त गरे । तृत्तीय उपाध्यक्षमा भोजहादुर बुढाथोकीलाई हराउँदै भीमसेन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २२१ मत प्राप्त गर्दा बुढाथोकीले १४१ मत प्राप्त गरे । नीतिगत तर्फको उपमहासचिवमा नवराज पाठकलाई हराउँदै दिनेश पनेरु निर्वाचित भए । पनेरुले १९० मत प्राप्त गरेका थिए भने पाठकले १७२ मत ल्याए । आन्तरिक तर्फको उपमहासचिवमा निर्मल देवकोटालाई ५ मतले हराउँदै सुरज बर्तौला निर्वाचित भएका छन् ।

बर्तौलाले १८५ मत प्राप्त गर्दा देवकोटाले १८० मत ल्याए । सहकोषाध्यक्षमा हरेराम पुडासैनीलाई हराउँदै प्रकाश लामा विजयी भएका छन् । लामाले २०१ मत ल्याउँदा पुडासैनीले १६७ मत ल्याएका थिए । यस्तै सदस्यमा चेतबहादुर थापा मगर (२४१ मत), नविन जोशी (२३० मत), ईन्द्रप्रसाद रिजाल (२२४ मत), सविन भट्टराई क्षेत्री २२० (मत), अच्युत सुवेदी (२०८ मत), सूर्यबहादुर रोक्का (२०१ मत), भरतप्रसाद सापकोटा (१९७ मत) र लक्ष्मण सापकोटा (१९३ मत) निर्वाचित हुँदा महिला सदस्यमा उमाकुमारी पौडेल (२०३ मत) विजयी भइन् । निर्माण व्यवसायी संघमा ४४५ मतदाता रहेको ३८९ मत खसेको थियो । यसैगरी निर्माण व्यवसायी संघ मकवानपुरको पदाधिकारीमा तीनजना निर्विरोध चयन भएका छन् । प्रथम उपाध्यक्षमा सागर कटुवाल, महासचिवमा राजेन्द्र चौलागाईं र कोषाध्यक्षमा अनल श्रेष्ठ निर्विरोध चयन भएका हुन् । सोही पदमा उम्मेदवारी दिएका अन्यले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *