तुल्सी मेहर विद्यालयको कप्तानमा जेनिसा लोप्चन निर्वाचित

हेटौँडा, हेटौँडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयको विद्यालय कप्तानमा जेनिसा लोप्चन निर्वाचित भएकी छिन् । आज भएको विद्यालयको निर्वाचनबाट कक्षा ९ मा अध्ययनरत छात्रा जेनिसाले ४ सय मत प्राप्त गर्दै विद्यालय कप्तानमा बिजयी भएकी हुन् । उनका प्रतिस्पर्धी सहिमा गुरुङले २३१ मत र अनुराग बिकले १३७ मत प्राप्त गर्न सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक कमल नेपालले जानकारी दिए ।

ADVERTISEMENT

यसैगरी विद्यालयको उपकप्तानमा कक्षा १० मा अध्ययनरत रुबेन रुम्बा निर्वाचित भएका छन् । रुबेनले ५७७ मत प्राप्त गर्दै निजका प्रतिस्पर्धी हन्सिना लम्सालले २३१ मत प्राप्त गरिन् । अन्तरसदनात्मक तर्फ निलो हाउसको कप्तानमा समृद्धि पराजुली र उपकप्तानमा नोरस्याङ लामा, रातो हाउसको कप्तानमा दिलिसा बल र उपकप्तानमा प्रकृति मोक्तान, हरियो हाउसको कप्तानमा कुसल गोले र उपकप्तानमा दिप्ती क्षेत्री, पहेँलो हाउसको कप्तानमा श्रीयन्का सिल्वाल र उपकप्तानमा आयुस पट्टेल निर्वाचित भएका छन् ।

कक्षा २ देखि १० सम्मका करिव ८ सय ५० जना विद्यार्थीले मतदान गरेका थिए । निर्वाचन कार्यक्रममा विद्यालयका सामाजिक विषय शिक्षक सन्दिप न्यौपाने मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नु भएको थियो भने अन्य चार जना शिक्षकलाई निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नु भएको थियो ।

लोकतान्त्रिक अभ्यासको सिकाइ र नेतृत्व विकासको उद्देश्यले विद्यालयस्तरमा निर्वाचन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *