हेटौडामा त्रैमासिक समन्वयात्मक बैठक

हेटौंडा, सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्धेश्यका साथ विहिवार हेटौडामा त्रैमासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा बैठक भएको बसेको हो । बैठकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

बैठकमा काठ दाउरा संकलन, साधारणसभा, वन संरक्षण, सम्वर्धन, थिनिङ, चोरी निकासी नियन्त्रण, योजना तर्जुमा गोष्ठी, विधान कार्ययोजना नवीकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो । बैठकले सामुदायिक वन समूहले मंसिर मसान्त सम्ममा साधारणसभा गरिसक्ने, समयमै वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, रानी, पिप्लेपोखरा,रातोमाटे, शिखरपानी लगायतका सामुदायिक वनमा थिनिङ कार्य गर्ने, चुरे क्षेत्रमा अत्यधिका मात्रमा गिटी, बालुवा, वनपैदावार लगायतका क्रियाकलाप बढ्दै गैरहेको हुँदा नियन्त्रणका लागि समिति गठन गर्ने, योजना तर्जुमा गोष्ठी पुस ६ गते गर्ने लगायतका निर्णयहरु गरेको फरेष्टर यदुकुमार घिमिरेले बताए ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya