मलको भण्डारण क्षमता विकास गर्ने : मन्त्री पोखरेल

हेटौंडा, बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नियुक्त हुनुभएका मन्त्री केशव प्रसाद पोखरेलले बागमती प्रदेशलाई चाहिने मलको भण्डारण क्षमता विकास गर्ने बताएका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदवाली भएसँगै मन्त्री पोखरेलले ६ बुँदे निर्णयहरु सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

मन्त्री पोखरेलले प्रदेशलाई आवश्यक मात्रामा चाहिने मल आगामी ३,४ वर्षसम्म भण्डारण गर्ने क्षमता विकास गर्ने, संघीय सरकारवाट प्रदेशलाई विनियोजन हुने रसायनीक मलको कोटा बढाउन पहल गर्ने, प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आफ्नो प्रदेशलाई आवश्यक मलको परिमाण सहित खरिदको टेन्डरको लागि आग्रह गर्ने, प्रदेशलाई विनियोजन भएको रसायनीक मलको कोटा बमोजिम कृषकले सहज तरीकावाट प्राप्त गर्ने वातावरण मिलाउने, तथा दीर्घकालिन रुपमा रसायनीक मलको समस्या समाधान गर्न प्रदेशमा नै मल उत्पादन गर्ने कार्य गर्न पहल गर्ने र कृषि औजार कारखाना स्थापना गरी कृषकलाई सर्भसुलभ रुपमा कृषि औजार वितरण गर्न मन्त्रालयले आवश्यक कार्य गर्ने रहेका छन् ।

बुधबार बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नियुक्त हुनुभएका मन्त्री केशव प्रसाद पोखरेलसहित नवनियुक्त ८ जना मन्त्रीहरुले शपथ ग्रहण गरेका थिए । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *