‘अनुगमनबाटै निष्कृय सहकारीलाई सक्रिय बनाउँछौं’

सुजन ढकाल
हेटौंडा उपमहानगरपालिका निष्किृय अवस्थामा रहेका सहकारीलाई अनुगमनको प्रणालीबाट सक्रिय बनाउनेतर्फ अग्रसर देखिएको छ । संघीय संरचना अनुरुप नगरमा सञ्चालित २१ वटा सहकारी संस्था हेटौंडा उपमहानगरपालिका सहकारी विभाग महाशाखाको सम्पर्कमा नआएपछि महाशाखाले खोजी तथा अनुगमन गरिरहेको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

तत्कालिन डिभिजन सहकारी कार्यालय मकवानपुरबाट हस्तान्तरण हुँदा नगरमा २२१ वटा सहकारी संस्था रहेको थियो । हाल हेटौंडा उपमहानगरपालिकामा १५० वटा सहकारी संस्था दर्तामा रहेको पौडेलले जानकारी दिए । १५० वटा सहकारीलाई साउन महिनाबाट कोकोमिन्स तालिम प्रदान गर्ने पौडेलले बताए । नेपाल सरकारले सहकारी संस्थालाई कोकोमिन्स तालिम लिनको निम्ति परिपत्र जारी गरिसकेको छ । कोकोमिन्स तालिम नलिने संस्थाले करचुक्ता प्रमाणपत्र पाउँदैनन् । आफूले सहकारी शाखाको जिम्मेवारी पाएपछि निष्कृय सहकारीहरुको खोजी कार्य सुरु गरिएको उनले बताए ।

हेटौंडामा रहेका २१ वटा सहकारीले नियमित गर्नुपर्ने वार्षिक लेखा परीक्षण नगरेको, वार्षिक रुपमा साधारणसभा नगरेको, सम्बन्धित कार्यालयमा नियमित पठाउनुपर्ने प्रगति प्रतिवेदन नपठाएको र संस्थामा उल्लेख भए बमोजिमको स्थानमा जाँदा सहकारी नै नभेटेको उनको भनाई छ । सहकारी महाशाखा सम्हालेको ८ महिनाको अवधिमा ७५ वटा सहकारीलाई लेखा परीक्षण तालिम प्रदान गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button