लागूऔषध खैरो हिरोइन सहित एक जना नियन्त्रणमा

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१०, कर्रा क्षेत्रबाट खैरो हिरोइनसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सुराकीका आधारमा गएराती जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोवाइल टोलीले सोही स्थानका ३७ वर्षीय हर्क बहादुर क्षेत्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको र उनलाइ नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

पैदल हिँडिरहेको अवस्थामा रोकी गरिएको चेकजाँचमा क्षेत्रीको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध ७ ग्राम ५४० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । बरामद सामग्री परीक्षण तथा थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *