हेटौंडा, रोटरी क्लब अफ मकवानपुरले सेनेटरी प्याड वितरण गरेको छ । बुधबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २, भैसेमा रहेकोे श्री कृष्ण माध्यमिक विद्यालयमा रोटरी मकवानपुरको आयोजना तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्ड र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा सेनेटरी प्याड वितरण गरिएको हो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा नेगिको प्रमुख आतिथ्यता रहेकोे थियो । त्यसैगरी लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठ, विद्यालयका प्रध्यानाध्यापक कृष्ण लाल श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष विजयलाल श्रेष्ठ, कविन साङ्गामी, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राई लगायतको उपस्थिति रहेकोे थियो ।
कक्षा ८ देखि १० कक्षा सम्मका ८७ जना छात्राहरूलाई प्याड वितरण गरिएको अध्यक्ष कार्कीले बताए । हातले बनाएको उक्त प्याडहरु धोएर पुन: प्रयोग गर्न सकिने लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डको अध्यक्ष मल्लिका श्रेष्ठले जानकारी दिइन् ।







