प्रदेशमा ५० प्रतिशत सहकारीले वार्षिक प्रतिवेदन बुझाएन

सुजन ढकाल
हेटौंडा/बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा समयमै साधारणसभा नगर्ने तथा वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संघ/संस्थाहरु करिव ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ‘प्रदेश सहकारी ऐन अनुसार संघ/संस्थाहरुले असार मसान्तसम्ममा लेखा परीक्षण र पुस मसान्तभित्रमा वार्षिक साधारण सभासम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ ।’

ADVERTISEMENT

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद ज्ञवालीले भने–‘संघीय संरचना अनुरुप प्रदेशमा ३ हजार १ सय ३३ वटा सहकारी संस्था आवद्ध रहेका छन् । जसमध्ये ५० प्रतिशत सहकारी संस्थाले मात्र समयमै वार्षिक प्रतिवेदन पेश गरेका छन् । वार्षिक प्रतिवेदन नबुझाउनेमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।’ समयमै प्रतिवेदन पेश नगर्ने संघ/संस्थाहरुलाई निष्कृय सूचीमा राखी जरिवाना लगायत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए । कानूनी प्रावधान बमोजिम मन्त्रालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ/संस्थाहरुलाई गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन २०७९ पुससम्म पेश गर्न निर्देशन दिएको छ ।

‘एउटै भवनमा धैरै मन्त्रालय भएकोले गर्दा एउटा कोठामा मन्त्रालय थुनिएर बसेको थियो । प्रदेशभर कृषि तथा पशुको कार्यक्रम हुन्थ्यो तर सहकारी प्राथमिकमा परेन ।’ उनले भने –‘मन्त्रालय विभाजन भएपछि फागुन महिनाबाट मन्त्रालयको कार्यालय खोज्नमा समय लाग्यो । अहिले सहकारीको अद्यावधिक हुनुको साथै पुरानो फाइल पनि मन्त्रालयले हेरिरहेको छ ।’ मन्त्रालयमा कर्मचारीको अभावले गर्दा कार्यमा ढिलाई भएको उनले भनाइ रहेको थियो ।

मन्त्रालयले प्रदेश सरकारको नियमन क्षेत्रमा पर्ने सहकारी संघ/संस्थाहरुको आधारभूत तथ्यांकहरु अद्यावधिक गर्ने कार्य समेत भइरहेको हुँदा प्रतिवेदन पेश गर्न बाकी सहकारी संघसंस्थाहरूले तत्काल प्रतिवेदन पेश गर्नका लागि समेत निर्देशन गरेको छ । समयमा वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई ३ लाख रुपैयाँ जरिवाना तोकेको छ । गत आर्थिक वर्षमा जरिवानाबाट १५ लाख रुपैयाँ सहकारीबाट संकलन भएको उनले जानकारी दिए ।

यसैगरी प्रदेश सरकारले सहकारीमा कारोबार गर्दा सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै संस्थाको कार्यक्षेत्र, उद्देश्य बुझेर मात्र सदस्य बन्न, एक स्थानिय तहभित्र एक प्रकृतिको एउटा मात्र सहकारीको सदस्य बन्न अनुरोध गरेको छ । सहकारी संस्थाले तोकेभन्दा बढि ब्याज सेवाशुल्क, हर्जाना लिएमा, सदस्य बन्न नपाउने ब्यवस्था गरेमा मन्त्रालयलाई सूचना दिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya