६० अर्बको बजेट ल्याउने तयारीमा बागमती सरकार

हेटौंडा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

ADVERTISEMENT

प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।देशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ ।

ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

ADVERTISEMENT

शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने मन्त्री थपलियाले जानकारी दिए । रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उनले बताए ।

शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापनाको संस्थागत संरचना निर्माण गर्न बजेट विनियोजन गरिने जानकारीसमेत उनले दिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि सरकारले आवासीय मोडलमा विद्यालयहरूलाई अघि बढाउने र प्राविधिक शिक्षा सुरु गर्न विद्यालय छनौट गरी बजेट विनियोजन गरिने उनको भनाइ छ ।

उनका अनुसार स्वास्थ्य क्षेत्रतर्फ प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुविधा सम्पन्न संरचना निर्माणमा सरकारले बजेट विनियोजन गर्ने तयारी छ । प्रतिष्ठान अन्तर्गत रहेर एबीबीएस अध्यापनका लाग आवश्यक वातावरण तयारी तथा चिकित्सा शिक्षातर्फको अनुसन्धानमा सरकारले काम गर्ने रणनीति निर्माण गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *