चैनपुर जेसीज मनहरी अध्यक्षमा गौतम

हेटौँडा, युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्येश्यले स्थापित चैनपुर जेसीज मनहरीको २०२६ को अध्यक्षमा सुरेश गौतम चयन भएका छन् । शनिबार भएको जेसीजको तेस्रो साधारणसभा तथा अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

ADVERTISEMENT

अध्यक्षमा गौतमसँगै श्रीराम खड्काले पनि उम्मेदवारी दिएकोमा सहमतिका लागि खड्काले उम्मेदवारी फिर्ता लिएपछि गौतम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । जेसीजको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुवेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल चयन भएको निर्वाचन आयुक्त रविन ढकालले जानकारी दिए । चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षता भएको साधारणसभामा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी र पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष केशव पाठकले तालिम प्रदान गरेका थिए । मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्येश्यका साथ सन् २०२२ मा गणेशदर्पण अधिकारीको नेतृत्वमा यस जेसीज स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya