थानकोट–चित्लाङ सडक कालोपत्रे गर्न माग

हेटौंडा, १० साउन/थाहा नगरपालिकाका जनप्रतिनिधिले थानकोट– चित्लाङ सडक स्तर उन्नती गरी कालोपत्रे गर्न माग गरेका छन् । थाहा नगर प्रमुख बिष्णु बिष्टसहितको टोलीले सोमबार भौतिक योजना सचिव गोपाल प्रसाद सिग्देल समक्ष माग राखेका हुन् ।

ADVERTISEMENT

उनीहरुले उक्त सडक तत्काल सञ्चालनमा ल्याउन बिस्तृत सर्बेक्षण गरी वजेट प्रवन्ध गरेर चालू आर्थिक बर्षमा कालोपत्रे गर्न माग गरेका छन् । सचिव सिग्देलले सडक बिभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापासंग छलफल गरि तत्काल सडकको पहिरो पन्छाएर खुलाउने र डिपिआर पुनर्मुल्याड्ढन, लगायत प्राबिधिक कार्य सम्पन्न गर्ने बताए ।

त्यस्तै थानकोट चित्लाङ सडकको सम्पूर्ण कार्य सम्पन्न गर्न थाहा नगरपालिका र चन्द्रागीरी नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने बिषयमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट र चन्द्रागीरी नगरका प्रमुख धनश्याम गीरीबीच सहमति भएको छ।
थाहा नगर प्रमुख बिष्टको नेतृत्वमा थाहा वडा नं ९ का वडा अध्यक्ष राजकुमार वलामी, जयराम लामिछाने, बिष्णुहरि ढकाल, सिताराम अर्याल, विनोद महर्जन, विश्वमान श्रेष्ठ लगायत टोली भौतिक योजना कार्यलय पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *