गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको मूल्याङ्कनको टोली हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा

सुजन ढकाल
हेटौंँडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साईन्सेसलाई विश्व विद्यालय अनुदान आयोगले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान गर्न उपयुक्त छ कि छैन भनेर मूल्याङ्कन टोली हेटौंडा आएको छ । सरकारले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएका कलेजलाई अन्तरराष्ट्रिय रुपमा नै गुणस्तरको मान्यता दिने गरिन्छ ।

ADVERTISEMENT

आयोगका क्यूएए पूर्व समकक्षि परिक्षण टोलीमा प्रोफेशसर डाक्टर प्रेमराज पन्तको मुख्य संयोजक तथा ‘युजिसी’ प्रतिनिधि ममता प्रजापतिको टोली हेटौंडा आएका हुन् । विश्व विद्यालय अनुदान आयोगले हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साईन्सेस क्याम्पसलाई क्युएए प्रदान गर्नको लागि अध्ययन, मूल्याड्ढन र स्वअवलोकन गर्दै आइरहेको छ ।

क्युएए प्राप्त गर्नको लागि आयोगले केहि निश्चित नियमहरु बनाएको छ । जसमध्ये नीति, नियम, पाठ्यक्रम सम्बन्धी पक्ष, पढाई, सिकाइ र मूल्याड्ढन प्रणाली अनुसन्धान परामर्श, भौतिक पूर्वाधार, सिकाईका स्रोत र सूचना प्रणाली जस्ता आधारहरु रहेका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट क्याम्पसमा सोमबार भएको छलफल कार्यक्रममा क्याम्पसका योजना तथा विकास विभागका निर्देशक दीपेश जोशीले विद्यालयको गुणस्तर वृद्धिका लागि गरेको कार्यको बारेमा जानकारी दिएका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा शिक्षाविद्व चोलेन्द्रकुमार पण्डित, शिक्षक/कर्मचारी, विभागिय प्रमुख व्यक्तिहरुबीच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya