हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले हेटौंडा ४ मा रहेको आनन्दमार्ग बालश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
समितिले बालश्रमलाई नगद ६ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गरेपछि हरेक वर्ष सामाजिक संस्थालाई सहयोग गर्दै आएको अध्यक्ष बज्राचार्यले बताए ।
शुक्रबार र शनिबार १६ औँ जिल्लास्तरीय प्रतियोगिता आयोजना भएको थियो ।







