जनकल्याणका विद्यार्थीलाई लक्ष्य निर्धारण तालिम

हेटौंडा, थाहा नगरपालिका अन्तरगत माध्यामिक तह कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पालुङ जेसीसले लक्ष्य निर्धारण सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

ADVERTISEMENT

बिहिवार जनकल्याण मावि थाहा नगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्षहरु जयराम खत्री,मनोज रायमाझी,सुरेन्द्रमान प्रधानको आतिथ्यता रहेको थियो भने,उपाध्यक्ष हरु स्मिता बिष्ट,बिराज थापा,नारायण कार्की,कार्यकारी उपाध्यक्ष नारायण तामाङ,कानुनि सल्लाहकार सुविन्द्रमान प्रधान,कोषाध्यक्ष संजय गोपाली,तथा निवर्तमान अध्यक्ष संगम कार्कीको उपस्तिथि रहेको थियो।

रोशनी गोपालीले संचालन गरेको कार्यक्रममा प्रशिक्षक कुमार नेगीले विद्यार्थीहरु लाई लक्ष्य निर्धारण गोल सेटिङ सम्बन्धि प्रशिक्षण दिएका थिए। कार्यक्रम पालुङ जेसीज बर्ष २०२४ का तालिम आयुक्त अजित कार्कीको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष मानसिं दोङले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *