आठौँ राष्ट्रिय बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

हेटौंडा, बैशाख १७ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

ADVERTISEMENT

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको छ। खेल बिहीवार दिउँसो ३:३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।

यस्तै १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।

यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ।

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

Advertisement 5

पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *