हेटौंडा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा मंगलबार आगलागी भएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं।३ धमिलेस्थित रहेको अध्यक्ष स्याङतानको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने क्षतिको विवरण भने आउँन बाँकी जनाइएको छ ।







