हेटौंडा, स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बस्तीपुरको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाको अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यतामा तालिमको आयोजना भएको हो ।
तालिममा विभिन्न सेवा केन्द्रका १३९ जना महिला तथा पुरुषहरुकोे उपस्थिति रहेको थियो । कार्यक्रमकै बीच संस्थाको केन्द्र नम्बर ५५ को समूह नम्बर ३ का सदस्य तेतीमाया रुम्बाको पतिको मृत्यु भएपश्चात बीमा बापतको रकम ५ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । तालिममा सहभागि रेखा थापा बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका सहायक प्रवन्धक राजकुमार बडुवाल, बरिष्ठ सहायक रुपक खतिवडा र एककृष्ण काफ्लेले सहजिकरण गरेका थिए ।
स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बस्तीपुर अन्तरगत १०६ वटा केन्द्र रहेको संस्थाको बरिष्ठ सहायक रुपक खतिवडाले जानकारी दिए ।