हेटौंडा, १३ असार/बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गरेका छन् ।सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको सोमबार उद्घाटन गर्दै मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताए ।

उनले आगामी आर्थिक बर्षमा सहकारी मार्फत ३ सय जना युवाहरुकोलागि ३ महिने आवासीय तालिम प्रदान गरि उद्यमशिल बनाउने योजना रहेको समेत बताए । बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका बिशिष्ट अतिथि बागमति प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीहरुले उत्पादन, प्रशोधन र बजारिकरणमा ध्यान दिनुपर्ने बताए । सोमबारदेखि हेटौंडामा शुरु भएको भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
२ दिन सम्म चल्ने तालिमको बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहकारी रजिस्ट्रार नारायण प्रसाद ज्ञावली र शाखा अधिकृत खगेन्द्र पौडेलले सहजीकरण गर्नेछन् । तालिममा मकवानपुर जिल्लाका विभिन्न सहकारीका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।







