शेयर सदस्यलाई जैविक मल तथा जैविक विषादी बनाउने तालिम

हेटौंडा, हेटौंडा २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थामा आबद्ध रहेका शेयर सदस्यलाई जैविक मल तथा जैविक विषादी बनाउने २ दिने तालिम प्रदान गरेको छ ।

ADVERTISEMENT

दुईदिनसम्म सञ्चालन भएको जैविक मल तथा जैविक विषादी बनाउने तालिममा सहकारीका ४६ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा ध्रुव बहादुर भूजेल र बद्री प्रसाद भण्डारीले सहजीकरण गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका १७ नं वडाका वडा अध्यक्ष उद्वब सत्यालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यष मिठाराम दाहाल, आफ्नै कृषि सहकारी संस्थाका अध्यक्ष पुष्पराम थापाको आतित्थ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *