मकवानपुरे सञ्चारकर्मीको आँखा परीक्षण

हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजित शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

ADVERTISEMENT

१३ अक्टोबरका दिन संसारभर विश्व दृष्टि दिवस मनाउने गरिँदै आएको छ । शिविरमा आँखा अस्पतालका नेत्र सहायक अफिसर रीना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आइ हेल्थ वर्कर अचला शर्माले परीक्षण गरेका थिए । शिविरमा पत्रकारहरुमा आँखाका सामान्य समस्याहरु मात्रै पाइएको नेत्र सहायक अफिसर खड्गीले बताइन् ।

कामका दौरान कम्प्युटर, ल्यापटपजस्ता उपकरणमा अधिकांश समय बिताउनुपर्ने हुनाले अधिकांश सञ्चारकर्मीहरूमा आँखाको समस्या हुने गरेको छ । स्वास्थ्यकर्मीहरूले शिविरमा सहभागी सञ्चारकर्मीहरूलाई आँखा जाँचका साथै आँखाको बचाउमा पु¥याउनुपर्ने होसियारीका विषयमा पनि जानकारी गराएका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *