हेटौंडा,बागमती प्रदेशसभा बैठक आगामी फागुन १० गतेका लागि आह्वान भएको छ । प्रदेशसभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेशसभा बैठक अह्वान गरेको हो । प्रदेशसभा बैठक १० गते बुधबार दिउँसो २ः१० बजे बस्नेछ ।
उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरुको प्रतिस्थापन विद्येयकहरु पेश हुने संभावित कार्यसूचि रहेको.प्रदेशसभा सचिवालय बागमती प्रदेशका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसंग सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विद्येयक संसदमा दर्ता भएको र त्यसलाई बैठकमा पेश गरिनेछ ।
त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विद्येयक पनि संसदमा पेश गरिने उनले बताए । उक्त विद्येयक पनि संसदमा दर्ता भइसकेको उनले बताए । यस अघि राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेश जारी गरेकोे थियो । सो अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि राजनीतिक वृत्तमा एकालेले विरोध समेत गरेको थियो । उक्त अध्यादेशलाई निष्कृय पार्न वर्तमान सरकारले उक्त विद्येयक ल्याएको हो ।







