चैत २ गते हेटौंडामा सूचना प्रविधि मेला हुने

हेटौंडा, आगामी चेत २ गतेदेखि हेटौंडामा सूचना प्रविधि मेला हुने भएको छ । कम्प्युटर एसोसियशन नेपाल महासंघ, मकवानपुर (क्यान मकवानपुर)को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय क्यान इन्फो–टेक (सूचना प्रविधि) मेला हुने भएको हो ।

ADVERTISEMENT

क्यान मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म क्यान इन्फो–टेक (सूचना प्रविधि) मेला आयोजना हुने जानकारी दिएको हो । मेला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुने क्यान बागमती प्रदेशका अध्यक्ष एवम् मेलका संयोजक पुष्पराज पुडासैनीले जानकारी दिए ।

संयोजक पुडासैनीका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा दिदैँ नयाँ प्रविधिको विकास र यसको उपयोगको बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । उनले मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, वीमा लगायतका प्रर्दशनी र विक्री कक्ष रहने बताए ।

उनका अनुसार मेलामा सूचना प्रविधि सम्बन्धी ४० वटा स्टल रहने छ । मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्कीङ र सिसि टिभी सम्बन्धि तालिम, शिक्षक, विद्यार्थी तथा युवा लक्षित साइबर सुरक्षा जस्ता ३ वटा आइसिटी सेमिनार समेत सञ्चालन गरिने संयोजक पुडासैनीले बताए ।

साथै मेलाको आकर्षणको रुपमा राष्ट्रिय रोबोट प्रदर्शनी र राष्ट्रिय पबजी प्रतिस्पर्धाको समेत आयोजना गरिने उनले जानकारी दिए । दुई बिद्यामा हुने रोबोट प्रतिस्पर्धा र पबजी प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने संयोजक पुडासैनीले बताए ।

Advertisement 5

१ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेलामा प्रवेशका लागी सर्वसाधरणलाई २५ रुपैयाँ र विद्यार्थीको लागी १० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *