इष्टु जिल्ला अध्यक्षमा रिजाल, नगरमा मिश्र

हेटौंडा, संस्थागत विद्यालय शिक्षक युनियन मकवानपुरको अध्यक्षमा रामशरण रिजाल चयन भएका छन् । शनिबार भएको संस्थाको छैटौँ जिल्ला अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।

ADVERTISEMENT

इष्टु जिल्ला वरिष्ठ उपाध्यक्षमा समिर ढकाल, उपाध्यक्षमा निर्माण गजुरेल र सुभद्रा सापकोटा, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन भएका छन् । यसैगरी सदस्यमा प्रदिप धिताल, मनोजकुमार मिश्र, राकेश ठाकुर, समता विडारी र विशाल घिमिरे चयन भएका छन् । यसैगरी शनिबार भएको इष्टु नगर अध्यक्षमा नविनकुमार मिश्र चयन भएका छन् ।

नगर उपाध्यक्षमा विधान आचार्य र डिमाकुमारी जर्गा, सचिवमा विकेस तामाङ, सहसचिवमा गोपाल घिमिरे, कोषाध्यक्षमा धिरज लामा चयन भएका छन् । यसैगरी सदस्यमा नवीन परियार, दिनेश अधिकारी, युवराज विश्वकर्मा र श्रीराम तिमल्सिना चयन भएका छन् । इष्टु मकवानपुरका अध्यक्ष सचिन लामाको अध्यक्षतामा भएको कार्यक्रममा श्रम, रोजगार यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल, इष्टु राष्ट्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज दीपक गौतमलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *