चित्लाङमा १४ कोठे स्वास्थ्य चौकी भवनको शिलान्यास

राज कुमार के.सी.
थाहानगर, थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरको चित्लाङमा १४ कोठे स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ । थाहा नगरप्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले संयुक्तरूपमा स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

शुक्रबार एक कार्यक्रमबिच थाहा नगरको वडा नम्बर ९ चित्लाङमा स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै नगरप्रमुख बिष्टले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचको लागि नगरपालिका प्रतिबद्ध भएको बताए। नगर प्रमुख बिष्टले स्वास्थ्य चौकी भवन निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताए।

उहाँले थाहा नगरको स्वास्थ्य क्षेत्रको बिकासमा च्वाईस नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।चित्लाङमा स्वास्थ्यचौकी निर्माण र बिकासको लागि ३ बर्षे योजना रहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताए ।

शर्माका अनुसार पहिलो बर्षमा भवन निर्माण गरिनेछ । दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइनेछ र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन विभिन्न तालिम कार्यक्रम संचालन गरिनेछ । कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनकोलागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने च्वाइस नेपालका प्रताप घिमिरेले बताए । उनले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताए ।

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भए पश्चात् नियमित स्वास्थ्य सेवा प्रभावकारी हुने वडा अध्यक्ष राज कुमार बलामीले बताए । उहाँले स्वास्थ्यचौकी निर्माणको लागि सहयोग गर्ने संस्था च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement 5

स्वास्थ्य चौकी निर्माण समितिका अध्यक्ष राजिव नापितको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, वडा नं। ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी प्रमुख महेश्वर लामिछाने, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *