हेटौंडा, हेटौंडा–१० राप्तीरोडस्थित कपडा व्यवसायीलाई आक्रमण गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
२०७९ साल जेठ २९ गते दिउँसो करिब १ बजे दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि फलामे रड, काठको बेलना र नकजस्ता हतियारले आक्रमण गरिएको थियो।
घटनामा गम्भीर घाइते भएका कथवनीयाको उपचारपश्चात जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी ३८ वर्षीय हरी उर्फ बुद्ध मोक्तान (वेदराज मोक्तान) लाई साउन २२ गते राति ११:४० बजे निजकै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ परेका मोक्तानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।







