विकासको नेतृत्वमा सितोरियो कराँते संघ

हेटौंडा, सितोरियो कराते संघ मकवानपुरको सर्वसम्मत कार्यसमिति चयन भएको छ । संघको बुधबार भएको साधरणसभाले विकास बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा इन्द्र लामा र विपुल गुरुङ चयन भएका छन् । त्यस्तै सचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा तायस अन्सारी, सह–सचिवमा रोशन बलामीलाई चयन गरिएको छ ।

त्यसैगरी संघको कार्यसमिति सदस्यहरुमा विरेन्द्र बज्राचार्य, विकल पराजुली, दिर्ग लामा, रामशरण माझी, पुर्ण माझी, प्रशान्त पाठक र पुष्पराज खनाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *