हेटौंडा, भारतको दिल्लीमा भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो प्रतियोगितामा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै शिवहरी राईले र संयोग माझीले एक–एक स्वर्ण जित्न सफल भए ।
राईले पङ्चे विद्यामा स्वर्ण र सिनियर अन्डर ४० तौल समूहमा रजत जित्न सफल भएको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिए ।
अन्तराष्ट्रिय प्रतियोगितामा जुनियर लेभलमा प्रतिस्पर्धा गरेका संयोग माझीले १ स्वर्ण जित्न सफल भए । हेभिवेइट प्रतियोगितामा सहभागिता जनाएका मकवानपुरका रविन्द्र डंगोलले एरोबिक विद्यामा रजत पदक प्राप्त गर्न सफल भए । प्रतियोगितामा प्रशन्न पौडेलले रजत र कृतिका बर्तौलाले कास्य पदक जित्न सफल भए ।
‘मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै ५ जना खेलाडीले सहभागिता जनाएका थिए ।’ बज्राचार्यले भने –‘प्रतियोगितामा सहभागीता जनाएर सबैजना खेलाडीले पदक जित्नु भएको छ ।’






