नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हेटौँडामा सुरु

हेटौँडा, शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका–४ मा तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ। शुक्रबार नगर प्रमुख मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

ADVERTISEMENT

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिम सहभागी छन्। हेटौँडा उपमहानगरपालिका–४ को आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौँडा–४ को व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता संयोजक राजाराम पोखरेलका अनुसार भलिबल प्रतियोगिता माघ २ र ३ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोह ४ नम्बर वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा सम्पन्न भएको हो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *