मानव अधिकारका अवधारणालाई आत्मसाथ गर्नुपर्ने

हेटौंडा, उच्च अदालत पाटन हेटौँडा इजालसका न्यायधिस यमुना भट्टराईले मानव अधिकार संरक्षणका लागि आफैले मनन गर्नेगरी काम गर्नुपर्ने बेला आएको बताएकी छिन् । आइतबार राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मानव अधिकारका अवधारणालाई आत्मसाथ गर्दै काम गर्नुपर्ने बताइन् ।

ADVERTISEMENT

पछिल्लो समय मानव अधिकार उल्लघनका घटनाहरु वृद्धि भइरहेको अवस्थालाई औल्याउँदै उहाँले मानव अधिकारको अवधारणालाई लागू गर्न न्यायपालिकाले भूमिका खेलेको बताइन् । समाजमा लैंगिक विभेद तथा छुवाछुत विभेदका घटनाहरु देखा परिरहेको भन्दै विभेदका विरुद्ध कानुनले सजाय दिन न्यायपालिकाले भूमिका खेल्ने बताइन् ।

मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त प्रमुख रेवा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीले प्रदेशभित्र मानव अधिकार उल्लघनको अवस्थाबारे जानकारी गराएको थियो । आयोगको कार्यालयमा आव २०७९र८० को श्रावणदेखी असार मसान्तसम्म सबैभन्दाबढी काठमाडौंबाट ४४ थान उजुरी दर्ता भएको र मकवानपुरबाट ६ वटा, ललितपुर, सिन्धुली, काभ्रे र चितवनबाट २र२ वटा, भक्तपुर र सिन्धुपाल्चोकबाट ३र३ वटा, दोलखा रामेछापबाट १र१ वटा गरी ६६ वटा उजुरीहरु दर्ता भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायत जिल्ला स्थित विभिन्न सरकारी र सामाजिक संघसंस्थाहरुका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *