हेटौंडा, १५ असार/ हेटौंडा–४ मा रहेको नारायणी मलमा भुटनदेवी सुपर मार्केट बुधबार शुभारम्भ भएको छ । मलको सञ्चालक नवराज आचार्यको ममतामयी माता पार्वतीदेवी आचार्यले विधिवत रुपमा सुपर मार्केकको शुभारम्भ गरेकी थिइन् ।

हेटौंडा बजारको मध्येभागमा रहेको नारायणी मलमा सुपर मार्केट सञ्चालन गरे उपभोक्ताहरुलाई सहज वातावरण सिर्जना हुने सञ्चालक नवराज आचार्य बताउँछन् । उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री एकै मार्केटमा पाइनेछ । शुभारम्भको दिन सामान खरिदमा १० प्रतिशत छुट सहित विभिन्न सामान फ्रि प्रदान गरिएको छ । सुपर मार्केटको मेम्बरलाई मलमा सञ्चालित डाइन एण्ड वाइन रेष्टुरेन्टमा, नारायणी मल्टी ब्राण्ड पसलमा १० प्रतिशत छुट रहने आचार्यले बताए ।
त्यस्तै, होटल सामनाको रेष्टुरेन्टमा १० प्रतिशत छुट हुनका साथै नारायणी मलमा सञ्चालित कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिमा भर्ना निशुल्क रहको बताए । सदस्य बनेपछि धेरै फाइदा हुनुका साथै शुभारम्भको दिनमा सामानमा १० प्रतिशत छुटमा दिइएको सञ्चालक आचार्यले बताए ।







