भलिबल प्रतियोगिताको पुरुषतर्फको सेमिफाइनल संस्करण पूरा

हेटौंडा, हेटौंडा ४ हुप्रचौरमा जारी उपमेयर नगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा हेटौंडाको ११, १२, १७ र १९ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ ।

ADVERTISEMENT

११ ले ४ लाई २५–१९, २१–२५ र १५–१० को सेटमा हराएको हो । १२ नम्बर वडाले ७ लाई २५–१३ र २५–२० को सोझो सेटमा हराउँदै अन्तिम ४ मा स्थान पक्का ग¥यो । १७ ले ५ नम्बर वडालाई २५–२२ र २५–१८ लाई हराउँदा १९ ले ६ नम्बर वडालाई २५–१० र २५–९ को सोझो सेटमा पराजित गरेको हो । पुरुषतर्फको सेमिफाइनलमा १९ ले ११ सँग र १७ ले १२ नम्बर वडासँग खेल्नेछ ।

महिला तर्फ सेमिफाइनल पुग्ने एउटा टोलीको मात्र टुङ्गो लागेको छ । ९ ले १९ लाई २५–१७, २५–१८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । महिलातर्फ सेमिफाइनल पुग्ने टोलीको टुङ्गो आइतबार लाग्नेछ । प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा हेटौंडाको १९ मध्ये महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनल पुग्ने दुई वडाले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *