हेटौंडा, बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन् । बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयमा पुगेर मन्त्री तामाङले अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री तामाङले कार्यालयमा रहेका समस्याबारे जानकारी लिँदै कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सेवा प्रणालीलाई जनतामा सहज रूपमा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन पनि दिइन् ।
२०३२ सालमा नेपालमा पहिलो पटक नयाँ प्रविधि ९ट्रिगोनोमेट्रिकल पोइन्ट० द्वारा नापी सुरु भएको ऐतिहासिक जिल्ला मकवानपुरमा ‘सर्भे पार्क’ तयार गर्न बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट बजेट बिनियोजन गरिएको छ ।
अनुगमनको क्रममा नापी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रकाश घिमिरे र नापी अधिकारी रामसोगारथ महत्तो लगायतका कर्मचारीहरुले मन्त्री तामाङलाई स्वागत गरे ।
ADVERTISEMENT