एमाले मकवानपुरले कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने

हेटौँडा, नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । पुष ११ देखि १३ सम्म हुने बैठक तथा प्रशिक्षण पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यतामा हुने बताईएको छ । प्रमुख अतिथि महासचिव पोखरेलले पुस ११ गते पार्टीको दशौँ महाधिवेशनको कार्यदिशनमा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रशिक्षण दिनु हुने पार्टी जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताए ।

ADVERTISEMENT

३ दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीतको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू(राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज गुरु वरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवाली समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाश ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्वरप्रशिक्षण शैलीबारे प्रशिक्षण दिनुहुने सचिव सिग्देलले बताए ।

जिल्ला कमिटी बैठकले संगठन सम्बन्धी विशेष कार्ययोजना बनाउने र प्रशिक्षण कार्यक्रम पश्चात् पार्टी र जनसंगठनको विभिन्न तहमा जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४० जना सहभागी हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *