घर बहालको नवौँ वार्षिक साधारणसभा

हेटौंडा, नेपाल घर बहाल उपभोक्ता संघ मकवानपुरको नवौँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ ।
संघका अध्यक्ष समिरलाल डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले गरीखाने वर्गमा व्यवसायीलाई लिएको बताएका छन् । ‘व्यवसायीले बैंकबाट ऋण लिइ ब्याज पनि तिरिरहेका हुन्छन् भने समयमै कर पनि बुझाइरहेका छन् ।’ उनले भने –‘जनताले तिरेको करबाट नै हामीले काम गरिरहेका छौँ ।’

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले राजश्वको अनुगमन भइरहेकोले गर्दा हिसाव पारदर्शी राखिदिनुहुन व्यवसायी समझ आग्रह गरे । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले नेपाल घर बहाल उपभोक्ता संघका आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

संघका सचिव गोकर्ण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल घरबहाल उपभोक्ता संघका संस्थापक अध्यक्ष नवराज न्यौपाने, कपडा तथा तयारी पोशाक मकवानपुरका अध्यक्ष नेत्र खतिवडा, मोवाइस एशोसियसन अफ मकवानपुरका उपाध्यक्ष रोहिणी गोतम, अटो हेटौंडा अटोमोवाइल्स एशोसियनका अध्यक्ष दामोदरप्रसाद अटललगायतको आतिथ्यता रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *