कोइलाको सट्टामा प्लाष्टिक बालेपछि शिवम् सिमेन्टमा लफडा

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ सिमेन्ट उद्योगले कोइलाको सट्टामा फोहोर जन्य पदार्थ र प्लाष्टिक समेत बाल्नेगरेपछी स्थानीय वासिन्दाहरुले उद्योग परिषरमा घेराउ गरेका छन् ।

कोइला बालेर उद्योग चलाउँदै आएको उद्योगले पछील्लो समयमा फोहोर र प्लाष्टिक समेत बाल्ने गरेपछी थप समस्या भएको स्थानीय वासिन्दाहरुले बताएका छन् । स्थानीय वासिन्दाहरुले बिहानैबाट उद्योग परिषरमा घेराउ गरेको र अहिले वडा अध्यक्षहरु सहित बार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको छ । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको सिकार बनिरहेका छन् ।

Advertisement 3

उद्योगले हेटौंडा उपमहानगरपालिकाको ११ नम्वर वडास्थित फोहोर व्यवस्थापन क्षेत्रमा फ्याकिँएको प्लास्टिक चाउचाउ, विस्कुट, चकलेटका खोललगायत अन्य विभिन्न प्रकारका फोहोरलाई उद्योगको आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्रयोगमा ल्याइरहेको फेला परेपछि उद्योगको लापरबाही सतहमा आएको हो ।

उद्योगले पहुँचका आधारमा प्रदुषण फैलाउने गरेको र आफुहरु विभिन्न रोगबाट ग्रसित भएको स्थानीयले गुनासो गरेका छन् ।

उद्योगले गएराति एक दर्जनभन्दा बढी ट्रकमा फोहोर संकलन गरी उद्योगतर्फ लैजाँदै थियो । स्थानीयले फोहोर उद्योगतर्फ लगिँदैछ भन्ने सुइँको पाएपछि बाटोमै अवरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *