नारीको समस्या

यो कथा साचो घटनामा आधारित छ । एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा एउटा रमा भन्ने केटी बस्थी । ऊ एउटा गरीब परिवारमा जन्मेकी भए पनि ऊ मनको धेरै धनी थिई । ऊ एकदमै बुद्धिमानी, सहयोगी र राम्री थिई । रमा आफ्नो घरको गरीबी देखेर आफ्नो आमा बुवालाई मेलापातमा गई र पैसा कमाई विद्यालय र घरको खर्च जोगाउन्थी । एकदिनको कुरा हो । रमा भएको ठाउँमा उसको साथी सुस्मा आई भन्छे –रमा, रमा भोली मेरो मामाको विवाह भोलि जसरी भएनी आउनुपर्छ कि आजै जाउँ हिँड भन्छे ।

सुरुमा त रमा जान भन्दिन तर सुस्माको जिद्दिले र आमाबुवाको अनुमती अनुसार विवाहाको अघिल्लो दिन सुस्माको घर जान्छे । रातीको त्यही आठ बजे तिर सुस्माको एउटा साथी रमालाई भन्छे, ओई रमा जाउँ यस्सो डुलेर आउँ रमा सुरुमा त नाई नजाने भन्छे तर उसले जिद्दि गरेकोमा ल हुन्छ जाउँ भन्छे । रमाले सुस्मालाई नदेखेकाले नभनि जान्छे । केहि समय पछि जङ्गलको बाटो आउँछ । केहि पाइला चाल्ने बित्तिक्कै त्यो केटीले बोलाएका केटाहरु रमाको सुन्दरता, सीप सबैले तारिफ गरेकोमा डाहा हुन्थ्यो ।

केटाहरुले रमालाई हातले मुख थुनेर तानेर झाडीमा लिई उसको बलात्कार गर्छन् । रमा चिच्याउछिन्, कराउँछिन तड्पिन्छिन् तर उसको आवाज कसैले सुन्दैन । सुन्थ्यो नि कसरी त्यो घना जंगलमा राती को नै आउथ्यो र उसलाई बलात्कार गरी तड्पाई तड्पाई मारीन्छ । सुस्माले घरमा रमालाई नभेटेकाले रमाको आमा बुवालाई फोन गरी सोध्छे । अन्टि रमा त्यहाँ आको छे त
रमाको आमाले अहँ, रमा त घरनै आएको छैन भन्छे । सुरुमा आतिन्छे र घरमा आमा बुबा पनि आत्निछन् । सुस्माले अन्टी म पनि रमालार्ई खोज्न आउँछु भन्दा रमाको आमाले आउनु पर्दैन नानी भोली तिम्रो मामाको विवाह छ सुत तिमी भन्छिन् र आमा र बुवा रमालाई खोज्न हिँड्छन ।

आमा बुवा रमालाई खोज्न भनेर दिन रात नभनि हिँड्छन । केहि सीप नलागेर पुलिस भएको ठाउँमा जान्छन् । पुलिस पनि रमालाई खोज्न थाल्छन । हप्ता दिन बित्छ, तर रमाको केही अतोपतो लाग्दैन। एक साझ खोजिको क्रममा जंगलबाट एउटा कस्तो गन्ध आउँछ । गन्ध आइरहेको ठाउँ जादा रमाको लास भेटिन्छ । छोरीको त्यस्तो हालत देखेर आमा बुवाको मन टुक्रा टुक्रा भई जान्छ । आफूलाई भन्दा माया गर्ने छोरी गुमाएकोमा उनीहरु रुन्छन कराउँछन ।

Advertisement 4

छोरी आउँन फेरी फर्केर भनि रुन्छन कराउँछन । वर्ष बित्छ तर रमाको हत्यारा भेटिदैन र उसले न्याय पाउँदिन । हाम्रो समाज पुरुष प्रदान रहेछ । नारीलाई सम्मान नदिने समाज रहेछ । जसरी रमाले न्याय पाइन्न त्यस्तै लाखौँ नारीहरु छन् जसले आज सम्म न्याए पाएका छैन । यहाँको सरकारले नै ध्यान नदिएर होकी समाजको मानिस नराम्रो भएर हो आज नारी कोही पनि सुरक्षित छैन ।


-वैष्णवी तिमल्सिना
कक्षा : ८
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button