संगमचोकमा भ्रष्टचार विरुद्ध रचना वाचन

हेटौंडा, भ्रष्टचार विरद्धको रचना वाचन कार्यक्रम मङ्गलबार हेटौंडाको संगमचोकमा भएको छ । आइतबारदेखि सुरु भएको भ्रष्टाचार विरुद्धको कविता वाचन कार्यक्रम सोमबार हेटौंडा ४ को सितल महल चोकमा र तेस्रो दिन हेटौंडाको संगमचोकमा सञ्चालन भएको हो । भ्रष्टाचार विरुद्ध नागरिक सचेतनाका लागि सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा कार्यक्रम भएको हो।

ADVERTISEMENT

तेस्रो दिनको कार्यक्रममा ओमभक्त भण्डारीले शङ्ख फुकेर कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरी सानुभाई विश्वकर्माले ‘ए बरै..’ शम्भुप्रसाद बास्कोटाले ‘स्वदेशीलाई सिमानामा लुटिरहेका छन्’, दीपक गौतमले मुक्तक वाचन गरेका थिए । यसैगरी राजकुमार चौधरीले ‘भ्रष्टाचार विरुद्ध स्वर गुञ्जियमान भइरहनु पर्छ’, देवराज तिवारीले मुक्तक, पुरुषोत्तम आचार्यले गीत, छवि अनित्यले ‘यिनीहरु सबै बेच्नु’ सञ्जीत श्रेष्ठलगायतका साहित्यकारले भ्रष्टाचार विरुद्ध रचना वाचन गरेका थिए ।

सञ्जालका संयोजक निमेष निखिलले हरेक सचेत नागरिकले भ्रष्टाचारका विरुद्ध बोल्नुपर्ने समय आएको बताए । साहित्यकारको रचना सुन्नका लागि सर्वसाधारण बाक्लो संख्यामा उपस्थित रहेका थिए । नेपाली नागरिकलाई नै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानदेखि गृहमन्त्री र बहालवाला सचिवसमेत पक्राउ परेपछि साहित्यकारहरुले भ्रष्टाचारविरुद्धको सचेतना अभियान सञ्चालन गरेको हो । भ्रष्टचार विरुद्ध रचना वाचन कार्यक्रम अन्तर्गत बुधबार चौघडाको चोकमा कार्यक्रम आयोजना गर्न सर्जक सञ्जाल मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *