मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक नेपाली निलम्वित

हेटौंडा, हेटौंडाको बुद्धचोकमा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने प्रहरी जवान विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

नेपालीले मादक पदार्थ सेवन गरी भ्यान चलाएर बुधबार साँझ दुर्घटना गराएकाले निलम्वन गरिएको हो । नेपालीलाई ६ महिनाको लागि निलम्वन गरिएको छ । नेपाली एक बर्षदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन् । बुधबार साँझ तीव्र गतिमा भ्यानचालाई विपरित दिशामा पुगेर मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना गराएका थिए ।

भ्यानको ठक्करबाट हेटौंडा–४, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४१ बर्षीय मधु अर्याल घाइते भएका थिए । बज्राचार्य र अर्यालको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya