एनसेलको ६ वटा टावरको लाईन काटियो

हेटौंडा, विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको छ । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाईन काटेको हो ।

ADVERTISEMENT

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको आज सम्मको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाईन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए।  पालुङ प्राधिकरणले वढि वक्यौता भएका सिमभन्ज्याङ्ग,कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो । एनसेललाई पनि वक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाईन काटिएको र सबै टावरको महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने पनि प्रमुख न्यौपानेले बताए ।

वक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेको छ भने लाईन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *