उत्कृष्ट २० वटा कविता छनौट

हेटौंडा, प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट २० वटा कविता छनौट भएका छन् । प्रतियोगिताको लागि सहभागिता जनाएको १ सय ५३ वटा कवितामध्ये उत्कृष्ट २० कवि र कविताको नामावली सार्वजनिक गरिएको छ ।

ADVERTISEMENT

छनौट हुनेमा चितवन जिल्लाका अज्ञान प्रदीपको कुण्डली, सिरहाका अविनाश भट्टराइको पाइतालाहरु, गोरखाका आदित्य राम (रिजन)को नास्तिक भगवान, मकवानपुरका उत्सव राज चौलागाईको पसिनाको दैनिकी, स्याङ्जाका ऋषिराम पाण्डेयको शान्तिको विरुवा, रसुवाका एलिसा एकलासको निर्धो वक्ररेखा, गोरखाका एस आरु दुवाडीको डाएरीको पानाबाट, नुवाकोटका गीता पुडासैनीका सडक कविता रहेका छन् ।

यसैगरी दैलेखका दिपिन सिजापतिका अर्ती, भक्तपुरका देवेन्द्र अधिकारीको दिवा रात्री, तनहुँका भीमप्रसाद खतिवडा अनुरागको मेरो यात्रा, काठमाडौंका मोहित जोशीको कायाकल्प, धादिङका रञ्जिता अधिकारीको मध्यपूर्वको भूगोलबाट, मकवानपुरका विशप आचार्य (युगेश)को मेरो देश, मकवानपुरकै बैकुण्ठ लामिछानेको फ्रेमभित्र देश, रौतहटका श्याम थापाको अन्तिम काँटी, मकवानपुरका समर्पण न्यौपानेका झिल्काहरुको पर्खाइमा, उदयपुरका सुमी पोखरेलको बुढयौली, सुनसरीको सुरज पराजुलीको पर्खाइ र सिन्धुपाल्चोकको स्मिता श्रेष्ठको द्विविधा कविता छनौट भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवि बर्तौलाले जानकारी दिए । कविता छनौटमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, बाग्लुङका कवि भूपी खड्का र काठमाडौं कवि बिन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ADVERTISEMENT

उत्कृष्ट २० मा छनौट भएका कविहरुबीच असोज २७ गते प्रतियोगिताको आयोजना गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रदेश युवा परिषदका अध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya