थाहा, थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजी फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड गरेको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० को नाफाबाट सहकारी ऐन २०७४ को दफा ६९ अनुसार छुटएको रु ५३ लाख ६७ हजार रुपैयाँ सहकारी नियमावली २०७५ को दफा २५ अनुसार सदस्यहरुलाई उपलव्ध गराईएको हो ।
सदस्यको वार्षिक बचत तथा कर्जा कारोवारको आधारमा यो रकम सदस्यहरुलाई भुक्तानी गरिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए । जस अन्तर्गत एकल सदस्यले बचतमा रु ७५ हजार भन्दा माथि र कर्जा तर्फ रु २८ हजार भन्दा माथि प्राप्त गरेका छन् ।
जुन कर्जा तर्फ प्रत्येक सदस्यले संस्थालाई भुक्तानी गरेको बार्षिक रकमको आधारमा २.३२ प्रतिशतले र बचत तर्फ व्याज प्राप्त गरेको रकमको ३.९५ प्रतिशत हुन आउछ ।
संस्थाले यस अगाडिनै शेयर लाभांश १२.५ प्रतिशत उपलव्ध गराएको थियो । बैक तथा वित्तिय संस्थाको कारोवारमा यस्तो रकम फिर्ता नपाईने र सहकारी संस्थाको कारोवारको सुन्दरतानै नाफा शेयर सदस्यहरुलाई मात्र लाभ नभई कारोवार गर्ने सदस्यहरुलाई पनि लाभ प्राप्त गर्ने व्यहोरा संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले बताए ।






