जितेनको नेतृत्वमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ

हेटौंडा, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको अध्यक्षमा जितेन नेपाली चयन भएका छन् । शनिबार भएको संघको पहिलो साधारणसभाबाट नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा रामबहादुर नेपाली, सचिवमा सुदिप रत्न, कोषाध्यक्षमा निरज बज्राचार्य चयन भएका छन् । यसैगरी सदस्यमा गोकुल बैजु, सानु थिङ, विनिता घलान र दुर्गा कटुवाल चयन भएका छन् । संघका अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेशकुमार बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले व्यवसायले जीविकोपार्जन गर्ने भएकोले गर्दा पेशालाई सम्मान गर्नुपर्ने बताएका छन् । ‘व्यवसायलाई राजनीतिकरण गर्नुहुँदैन’ उनले भने –‘युवालाई स्वरोजगार बनाउनको निम्ति हेटौंडा उपमहानगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गरिरहेको छ ।’

‘नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरसँग सहकार्य गरी विभिन्न तालिमहरु सञ्चालन गरिरहेका छौँ । तालिम तालिममा मात्र सिमित नभई दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ’ –उनले भने। बागमती प्रदेशका राजधानी हेटौंडामा रही पुरानो व्यवसायी गरि बसिरहनु भएका कपडा व्यवसायी, सिलाई व्यवसायी, धागो व्यवसायी र नेपाल भारत बहुप्राविधिक शिक्षालयलगायत विभिन्न तालिम सेन्टरलाई सम्मान गरेको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष अनिल अग्रवाल, मल्टिपल ट्रेनिङ सेन्टर हेटौंडाका सञ्चालक निरा गोर्खाली, क्रियटिभ स्किल प्रा.लि विरगञ्जका युवराज न्यौपाने, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका सल्लाहकार नारायण सिं थिङलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *