हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले देशमा राजासहितको प्रजातन्त्र अहिलेको आवश्यक भएको दाबी गरेका छन् ।उनले राजासहितको प्रजतन्त्रका लागि समान विचारधारा भएका दलहरुवीच मोर्चाबन्दीको आवश्यकता रहेको औंल्याए ।
समान विचारधारा भएका दलहरुवीच मोर्चाबन्दीका लागि प्रयास गरिरहेको बताउँदै उनले अहिलेसम्म सफल नभएको स्वीकारे । उनले मोर्चाबन्दी गरेर गणतन्त्रविरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्न जरुरी रहेको बताए । मकवानपुरबासीले आफ्नो राजनीतिको उत्तरार्धमा एकपटक सहयोग गरेमा राप्रपालाई मेचिदेखि महाकालीसम्म बलियो शक्तिको रुपमा विस्तार गर्ने उनले बताए ।
उनले अहिलेको राप्रपा एकिकरणपछि नफुट्ने भन्दै कार्यकर्ताहरूलाई ढुक्क रहन आग्रह गरे । तीन अध्यक्ष पशुपतिशमशेर राणा र प्रकाश लोहनसहितले अब राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उनले बताए । आउँदो बैशाखमा पार्टीको अधिवेशन गरेर ताजा जनादेशमा जान राप्रपा तयार हुनुपर्ने उनले आफ्नो धारणा राखे ।