कैलाशमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कैलाश, कैलाश गाउँपालिकाको आयोजनामा चौथो उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । कैलाश गाउँपालिका–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

ADVERTISEMENT

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा ७ का वडाध्यक्ष उदासकुमार भोेलन, वडा ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, प्रमुख रेफ्री विनोद श्रेष्ठ, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा ५ ले वडा ९ लाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । वडा ५ ले ९ लाई २५-२१ २५-१८ मा पराजित गरेको हो । त्यस्तै प्रतियोगिताअन्तर्गत वडा ७ र ८ बीच भएको खेलमा ८ ले ७ लाई २६-२४,२०-२५, १५-११ अंकले पराजित गरेको थियो । त्यस्तै, ८ र १० बीच भएको खेलमा ८ ले १० लाई १९-२५, २५-२२, १६-१४ अंक ल्याई पराजित गरेको थियो ।

खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाका अनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु। ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता पहिलो चरणमा लिग प्रणाली र दोस्रो चरणदेखि नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । गाउँपालिकामा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya