उपमहानगरका पाँच वडामा कृतिम गर्भाधान र खोप बन्द गर्ने निर्णय

हेटौंडा– हेटौंडा उपमहानगर क्षेत्रका बिभिन्न वडाहरुमा देखिएको पानीको फोका जस्तो देखिने गरी पशुको छालामा डाबर निस्कने ‘लम पी स्क्रिृन’ खोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कृतिम गर्भाधान र खोप कार्यक्रम बन्द गरीने भएको छ ।

ADVERTISEMENT

उपमहानगरपालिका कृषि शाखाको समन्वयमा सोमबार बसेको निजी क्षेत्रका पशु प्राविधीक सँगको बैठकले रोग प्रभाबित नगरका पाँच वटा वडामा आकस्मिक उपचार सुबिधा बोहकका अन्य सबै कार्यहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले रोगको नियन्त्रणका लागि पशु प्राविधीकले सुरक्षीत भएर काम गर्ने, पशु गर्भाधानका लागि गरीदै आएको कृतिम गर्भाधान सुबिधा बन्द गर्ने, बिज्ञ केन्द्रबाट प्राप्त भएको खोरेत रोग नियन्त्रणका लागि प्रयोग हुने (एफ.एम.डी.) खोप नगर क्षेत्रमा नलगाउँने निर्णय भएको शाखा प्रमुख गंगा चौलागाईले जानकारी दिइन् ।

उनका अनुसार नगरको नगर क्षेत्रको ७, ११, १२, १७ र १८ नम्बर वडामा किसानले पालेको गाई र भैसीमा ‘लम पी स्क्रिृन’ रोगको संक्रमण फेला परेसँगै सचेतना अपनाउने र रोगको नियन्त्रणका लागि काम गर्ने निर्णय गरिएको हो । रोगका कारण पशुकोह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने शाखाले जनाएको छ ।

शाखाले रोगको नियन्त्रणका लागि प्रभाबित क्षेत्रका गाई/भैसी खरिद बिक्री तथा ओसार पसार नगर्न, रोगि पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउनका लागि नलैजान आग्रह गरेको छ । बैठकमा कृषि शाखा गंगा चौलागाई, डा. अनुसा लम्साल, सहायस पशु बिकास अधिकृत कृष्णप्रसाद भट्टराई सहित पशुसेवा केन्द्रका प्रमुख तथा निजी पशु प्राबिधिकहरु सहभागि थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *