हेटौंडा, लामो समय देखि मकवानपुरको राजनितिक क्षेत्रमा लागेकी महिला नेतृ तिर्थदेबी शिलवाल सम्मानित भएकी छन् ।
११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी निकट रहेको अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटिले आयोजना गरेको अगुवा महिला भेला तथा सम्मान कार्यक्रममा नेतृ शिलवाललाई सम्मानित गरीएको हो ।
सामाजिक क्षेत्र तथा राजनितिक क्षेत्रमा कृयाशिल रहँदै आएकी नेतृ शिलवाललाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एव्म हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मिनाकुमारी लामाले दोसल्ला वडाएर सम्मान गरेकी हुन् ।
सम्मानित शिलवालले महिला आन्दोलनको दिवस पारेर राजनितिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानलाई सम्झदै सम्मान गरेकोमा खुशी गरीन् । उनले महिला दिवसको सन्दर्भ पारेर गरेको सम्मान प्रति धन्यवाद दिँदै परिवर्तनको आन्दोलनमा होमिएर आएको उपलव्धीलाई जोगाउँन जरुरी रहेको उनले बताइन् । उनले परिवर्तनलाई जोगाउँदै महिलाहरुको अधिकारलाई संरक्षण गर्न सबै एक जुट भएर लाग्न जरुरी रहेको बताइन् । नेकपा मालेको केन्द्रीय सचिब रहेकी शिलवाल पछिल्लो समय शारिरीक अस्वस्थाताका कारण उपचारको क्रममा रहँदै आएकी छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लामाले महिलाहरु आफै आर्य आर्जनमा जोडिन जरुरी रहेको बताइन् । अरुको भरमा पर्दा अहिले पनि अघि बढ्न नसकिने बताउँदै अहिले आफै अघि बढ्नका लागि आर्थिक रुपमा बलियो हुनु पर्ने उनको भनाई थियो ।
अबको पाटो आर्थिक समृद्धि नै भएकाले महिलामा लगानी गररुी आर्थिक रुपमा बलियो हुन जरुरी रहेको उनले बताइन् । बिभिन्न चरणका अन्दोलन र अभियानले ल्याएको महिलाको अधिकार अर्थिक रुपमा बलियो नभएका कारण खुम्चि रहेको भन्दै उनले सामाजिक भूमिकाबाट अघि बढ्न आफै अब्बजहुन सुुझाइन् ।
अनेम संघ मकवानपुरका अध्यक्ष गायत्री सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघका केन्द्रीय सदस्य सीता अधिकारी, पाटीका राष्ट्रिय परिषद सदस्य अस्मिता श्रेष्ठ, नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष बिष्णु दाहाल, अनेम संघ प्रदेश कमिति सदस्य कल्पना बिक, पार्टी सचिवालय सदस्य किशोर बर्तौला, अनेम संघ जिल्ला कमिटि उपाध्यक्ष गिता कडारीया मैनाली लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
ADVERTISEMENT