पञ्चरत्न सहकारीको अध्यक्षमा पुनः भोजमान

हेटौंडा, हेटौंडा- २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः भोजमान श्रेष्ठ चयन भएका छन् । शनिबार भएको संस्थाको छैठौँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा महेश्वरमान श्रेष्ठ, सचिवमा गोपीराम बन्जरा, कोषाध्यक्ष गोकुल श्रेष्ठ, सहसचिव रेनु श्रेष्ठ गुरुङ चयन भएका छन् ।

ADVERTISEMENT

कार्यक्रम उद्घाटन गर्दै मेयर मीनाकुमार लामा लगायत

यसैगरी सदस्यमा सत्यनारायण सिलवाल, साधुराम चौलागाई, चण्डिका गौतम, दिकपाल तिमल्सिना, शान्ता सापकोटा, श्रीजना पण्डित चयन भएका छन् । यसैगरी समितिको लेखा समितिका संयोजकमा चन्द्रवती पनेरु र सदस्यमा राजु नेपाल, ज्ञानु सेडाईरहेका छन् । संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । एक हजार दुई सय ३२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ७१ लाख रुपैयाँ रहेको छ । सहकारीले छ करोड ९७ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले छ करोड ६० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य नन्दरत्न स्थापित, असल बचतकता सर्मिला श्रेष्ठ दोङ, असल ऋणी धनमाया गोले र लेकबहादुर घर्तीलाई नगदसहित सम्मान तथा एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्र युजेन श्रेष्ठलाई नगदसहित पुरस्कृत गरेको थियो । कार्यक्रममा हेटौंडा–२ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन, जिल्ला बचत सहकारी संघका सदस्य हिमाल पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका बिनिता विष्ट, नेप्स्कुनका राजु गौतम, विलक्षण सहकारी संस्थाका उपाध्यक्ष अजय अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *