पुस २५ गते हेटौँडामा नवराज पराजुलीको कन्सर्ट

हेटौँडा, किताब घर हेटौँडाको आयोजनामा कवि तथा गायक नवराज पराजुलीको एकल कन्सर्ट हेटौँडामा आयोजना हुने भएको छ। कन्सर्ट यही पुस २५ गते शुक्रबार हेटौँडास्थित एभाकाडोमा बेलुका ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

ADVERTISEMENT

आयोजकका अनुसार कन्सर्टमा सहभागी हुनका लागि प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ। हेटौँडामा नवराज पराजुलीको यो पहिलो कन्सर्ट हुन लागेको हो।

कन्सर्टमार्फत कविता, संगीत र प्रस्तुतीको माध्यमबाट दर्शक–श्रोतासँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ। किताब घर हेटौँडाका सञ्चालक छवी अनित्यले कन्सर्टमा उपस्थित भई कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *