हेटौंडा, जनकपुरधाममा हुने प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा शुक्रबार मकवानपुर क्रिकेट टीमले बारासँग खेल्दैछ । १२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता टिमले प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहितट्रफी प्राप्त गर्ने छन् ।
त्यसैगरि म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले क्रमशः दश÷दश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ । मकवानपुरे क्रिकेट टिममा शुभ कंसाकार, गौरभ खड्का, विशाल फुयाँल, सुमन सुनार, सक्षम बास्ताकोटी, रामनरेश गिरी, रिजन ढकाल, सुवर्ण भट्ट, अशिम श्रेष्ठ, रोहित शर्मा, सुमित वाग्ले, गोकुल अधिकारी, अस्तिक दाहाल र गौरभ क्षेत्री रहेका छन् ।
मकवानपुरे क्रिकेट टिमका क्याप्टेन सुमन सुनारले सम्हाल्ने छन् । चैत २५ गते मकवानपुरले रौतहटसँग खेल्नेछ ।







