कैलाशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

कैलाश, मकवानपुरको कैलाश गाउापालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । विहीबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले अभियानको सुरुवात गरेका हुन् । ब्याच र सामूहिक प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरि अभियान सुरु गरिएको हो । २५ नोभेम्बर देखि विभिन्न कार्यक्रम गर्दै १६ दिने अभियान सफलता पूर्वक सम्पन्न गरिने जनाइएको छ ।

ADVERTISEMENT

महिला, बालबालिका तथा अन्य कुनै पनि व्यक्तिमाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा यौनजन्य हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक छ । हिंसा सहेर बस्ने होइन, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्नुपर्छ, अध्यक्ष मुक्तानले भने । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल १६ दिनमा सीमित नभई वर्षभरि नै हिंसा अन्त्यका लागि सचेतना, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्वको अभियान बन्नुपर्ने बताउँदै घर, परिवार, समाज तथा सार्वजनिक क्षेत्रमा लैङ्गिक समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले हिंसामुक्त समाज निर्माणका लागि महिला तथा पुरुष, युवा, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताए । हिंसा पीडितलाई न्याय, संरक्षण र सहयोग उपलब्ध गराउँदै हिंसा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नु आजको समाजको साझा दायित्व हो । महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, दुव्र्यवहार र असमान व्यवहारको अन्त्यका लागि कानुनी सचेतनासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको बताईन् । लैङ्गिक हिंसा घरभित्र, कार्यस्थल, सार्वजनिक स्थान तथा विभिन्न सामाजिक क्षेत्रमा हुन सक्ने भएकाले यसको रोकथामका लागि परिवारदेखि समुदाय र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

ब्याच र सामूहिक प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरि अभियान सुरु गरिएको महिला बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताईन् । म हिंसा गर्दिन, हिंसा सहदिन र यसको प्रतिकार गर्छु भन्ने मूल मर्मका लागि २०२६को लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya